कलैया ।  कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले गएराति जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नम्बर २ को लेकबेसी होटेलबाट १२ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरेको प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताउनु भयो ।

पक्राउ परेकाहरू स्थानीय उद्योगी व्यापारी भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । पक्राउपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी प्रवक्ता भण्डारीले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर