साजिर मन्सूर
कलैया,कार्तिक १९

आफ्नो जिवनको महत्वपूर्ण समय देशका सम्मानको लागि खेलेका खेलाडीको ब्यवस्थापन तिनै तहका सरकारले गर्नुपर्ने पुर्व श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सूरले बताएका छन । कुस्ती प्रतियोगिताको प्रमुख अतिथि समेत रहेका संघीय सरकारका पुर्व बाताबरण बिज्ञान तथा प्रबिधि मन्त्री काङ्ग्रेस केन्द्रिय सदस्य तथा प्रभावशाली नेता फर्मुल्लाह मन्सूरले बिश्रामपुर गाउपालिका नै कुस्ती खेलाडी उत्पादन गर्ने खेलाडीको उर्बर भुमी भएको बताए । मन्सूरले खेल बिकासका लागि बिश्रामपुर गाउपालिकाले गरेको लगानी उत्साह जनक रहेको बताउदै प्रशन्सा गरे । तिनै तहका सरकारले आफ्नो जिवनको महत्वपुर्ण समय खेलकुदमा बिताउने र देश को नाम उच्च गर्ने खेलाडी लाई तिनै तहका सरकारले उचित ब्यवस्थापन गर्नुपर्ने बताए ।
हिन्दु समुदायको महान पर्व दिपावली तथा छठ पर्वको अवसर पारेर बिश्रामपुर गाउपालिकाले विशाल दङ्गल कुस्ती प्रतियोगिता आयोजना गरेको छ। गाउपालिकाको वडा नम्बर ३ मुसहर्वा को खेल मैदानमा आयोजना भएको प्रतियोगितामा नेपाल र भारतका विभिन्न राज्यका रास्ट्रीय अन्तरास्ट्रिय स्तरका कुस्ती खेलाडीहरुको सहभागिता रहेको छ । गाउपालिका अध्यक्ष अमिरिलाल राउत पालले मधेस र मधेसीको खेलका रुपमा परिचित कुस्ती खेलको बिकास र प्रबर्द्धनका लागि आफुले प्रत्येक बर्ष कुस्ती प्रतियोगिता आयोजना गर्ने गरेको बताए । पालले आफुले कुस्ती खेललाई तराई मधेशको गौरवका रुपमा मान्ने भएकाले पनि यस गाउपालिकाको अन्तरास्ट्रिय खेलाडी मुख्तार आलम लाई गाउपालिकाले सुरक्षा गार्डमा राखेको बताए । राउतले खेलकुद बिकासका लागि मात्र प्रत्येक बर्ष रकम राख्ने गरेको बताउदै समग्र खेलकुदका लागि आफ्नो सहयोग रहने बताएका छन । प्रतियोगिता हेर्न बारा पर्सा र बिहारका गरि ५ हजार भन्दा बढिको उपस्थिति रहेको थियो । कार्यक्रममा काङ्ग्रेस बाराका सभापती जयचन्द्र चौरसिया,सम्बिधान सभा सदस्य शोभाकर पराजुली,पुर्व सान्सद लालबाबु सिंह,काङ्ग्रेस नेता अजय प्रजापति , तरुण दल बाराका अध्यक्ष लुकेश सिंह,गाउपालिका उपाध्यक्ष सुमिन्त्रा देबि,वडा अध्यक्षहरु हृदयनारायण यादब,अजय गुप्ता,शिवचन्द्र यादब,मदन यादब,भोला सोनार,बिश्रामपुर गाउपालिकाका प्रशासन साखा प्रमुख गुलाब मेहता,योजना शाखा प्रमुख रतेन्द्र दास,शिक्षा शाखा प्रमुख महेश रिमाल,जिन्सी शाखा प्रमुख देव मण्डल लगायतकाको सहभागिता रहेको थियो ।
मेला तथा कुस्ती संचालन गर्न समितिका अध्यक्ष निरज कुमार पाल,उपाध्यक्ष सन्दिप गुप्ता,कोषाध्यक्ष चन्देस्वर महतो,सचिव परसुराम बैठा,सदस्यहरु देव महतो,राजकुमार मण्डल,अजय पटेल र कुस्ती ब्यवस्थापक अशोक पटेल लाई गाउपालिका अध्यक्ष पालले धन्यवाद ब्यक्त गरेका थिए ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरिले स्वागत गरेको कार्यक्रमको सन्चालन स्वास्थ्य शाखाका प्रमुख अलि अक्बर हुसेनले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर