कलैया । देउसी खेल्न हिँडेका २ जनाको मृत्यु भएको छ । हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानी नजिक देउसी खेल्न हिँडेका पैदल यात्रु लाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । आठ जना पैदल यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरी रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुर ले जनाएको छ ।

घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएका छन् । एक जनाको चितवनमा उपचार भइरहेको छ ।

दुर्घटना पछी बस मा आगजनी भएको थियो । आगो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल समेत घाइते भएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर