
कलैया । धनुषा मा प्रहरीले ७ लाख भन्दा बढीको भन्सार छली को समान बरामद गरेको छ ।
जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ बसहिया स्थित भारतबाट भन्सार छली ल्याएका रंजनिगन्धा १० पोका र तुलसी २८ पोका, बच्चाले लगाउने चुरा १५० डिबा, महिलाले लगाउने चुरा १७ डिबा र नम्बर पलेट नखुलेको अपाच्य मोटरसाइकल एकथान गरी १ लाख ३८ मूल्य बरारबरको समानहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा ले जनाएको छ । त्यस्तै
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मछाबजार स्थित सडक खण्डमा भारतबाट भन्सार छली ल्याएका जुटको ४ वटा बोरामा पितलको भाडा वर्तनहरू १६६ किलो तौल भएको सो भाडाकुँडा २ लाख बराबरको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उक्त समानहरु बेवारिसे अवस्था मा प्रहरी ले फेला पारेको थियो ।
जनकपुर उपमाहानगरपालिका वडा नम्बर ४ राम चौक स्थित ज १ ह ४२९९ नम्वरको अटोबाट भारतबाट छलि अवैध रुपमा ल्याएको मिठ्ठा , चिनी, बिस्कुट, रजनिगन्धा लगायतका समान बरामद गरेको छ । उक्त समानहरुको मूल्य ३ लख ७८ हजार ४० रुपैयाँ बराबरको समान र अटो रहेको प्रहरी ले जनाएको छ ।नियन्त्रणमा लिएको ७ लाख १५ हजार ४ सय ९० रुपैयाँ बराबरको उक्त समानहरु आवश्यक कार्वाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाएको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ ।