कलैया । छठ पर्वको पूर्व सन्ध्यामा कलैया सिटी जेसिजको आयोजनामा कलैया उपमहानगरपालिकाका विभिन्न छठ घाँटहरुको बृहत सरसफाई गरिएको छ।

कलैया सिटी जेसिज वर्ष २०२१का अध्यक्ष  शम्भु कुमार गुप्ताको अध्यक्षता सो सरसफाई गरिएको थियो। 

सो सरसफाई अन्तर्गत कलैया उपमहानगरपालिका वडा नं. १ काे रामजानकी मठ काे छठ घाट र कलैया उपमहानगरपालिका वडा नं ४ काे टेंग्रहर खोलाकाे छठ घाटकाे बृहत सरसफाई गरिएको थियो।  सो सरसफाई कार्यक्रममा कलैया सिटी जेसिजका पूर्व अध्यक्ष धनिलाल सर्राफ , पदाधिकारीहरू सन्दिप बरै,  सुभाष जयसवाल , सन्दिप साह ,  आशिष गुप्ता ,  श्याम केशरी , जेसी सुरेन्द्र साह , जेसी राहुल सर्राफ ,  अर्जुन गुप्ता ,  विपिन चौधरी ,  अंकुश व्यहुत, लगायतकाको  सक्रिय सहभागिता रहेको थियो तथा सरसफाईमा पनि अहम भूमिका निर्वाह गरेका थिए। 

यसैगरी भोली पनि कलैया उपमहानगरपालिकाका विभिन्न छठ घाटहरुकाे सरसफाई गरिने अध्यक्ष गुप्ताले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर