साजिर मन्सूर
कलैया,कार्तिक २४

कलैया उपमहानगरपालिका वडा नम्बर १ का समाजसेवी लक्ष्मी प्रसाद यादब र उनका श्रीमती राजभरी देबि अहिरिनले समाजका अति बिपन्न र गरिब परिवारलाई साडी बितरण गरेका छन । छठ पर्वको अवसरमा समाजमा रहेका ५० गरिब परिवारलाई सो साडी बितरण गरिएको यादबका छोरा बिशेस्वर प्रसाद यादबले बताए ।

यादब दम्पतीले प्रत्येक बर्ष खिचडिको समयमा समेत कम्वल बितरण गर्दै आएको र यो सुनेर आफू अत्यन्तै प्रभावित भएको प्रमुख अतिथि समेत रहेका बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए । कटुवालले समाजमा रहेका यस्ता मनकारी समाजसेवीहरुको सबैले अनुशरण गरनुपर्ने बताए । आफुले बर्षमा कमाई गरेको बाट केही अन्स समाजमा रहेका बिपन्नको सहयोग गर्न सबैले थाले कोहि पनि पर्वका समय नया लुगा र अन्नका लागि तडपिनु नपर्ने प्रजिअ कटुवालले बताए ।

सोही अवसरमा बोल्दै प्रदेश सान्सद पारस साहले समाजसेवी यादब दम्पतिले थालेको यो काम अन्य सबैका लागि उदाहरण बनेको बताउदै अब बाट बिपन्न तथा गरिब परिवारलाई उनिहरुकै घरमा पुगेर सहयोग गर्न सुझाव दिए । घरमै पुग्दा अन्य धेरैको लागि प्रेरणा बन्ने बताए । साडी बितरण कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,प्रहरी उपरीक्षक दिपेन्द्र शाही,प्रहरी नायब उपरीक्षक गौतम मिश्र,कलैया उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष काङ्ग्रेस नेता हरिओम सोनार,काङ्ग्रेस बाराका सचिव मनोज भट्ट,महिला अधिकारकर्मी शशी कटुवाल,काङ्ग्रेस नेता दिब्यनाथ श्रेष्ठ,उधोग बाणिज्य संघ बाराका पुर्व अध्यक्ष सन्जय गुप्ता,गोपाल सेवा समिति बाराका अध्य जङ्गबहादुर यादब,उपाध्यक्ष रामधारी यादब,शिक्षक युनियन बाराका पुर्व अध्यक्ष देबेन्द्र गिरि,हरि यादब,अर्जुन यादब लगायतकाको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर