कलैया । प्रहरी प्रधान कार्यालय नक्साल ले ९५ जना नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनीहरुको सरुवा गरेका हुन् ।
कार्यकाल पुरा गरेका महानगरीय प्रहरी वृत्तका इन्चार्ज, इलाका प्रहरी कार्यालयका प्रमुख र जिल्लाहरुमा रहेका डीएसपीहरुको सरुवा भएको हो । जिल्ला प्रहरी कार्यालय बारा मा कार्यरत प्रहरी नायब उपरीक्षक को पनि हेरेफेर भएको छ । प्रहरी नायब उपरीक्षक गौतम मिश्रको प्रहरी वृत बालाजु मा सरुवा भएको छ भने उनको ठाउँमा प्रहरी नायब उपरीक्षक राजेश थापा आउने भएका छन् । उनी प्रहरी बृत जगाती , भक्तपुर मा कार्यरत थिए ।







