कलैया । रौतहटमा १८६ किलो गाँजा र ट्रक सहित दुई जना पक्राउ परेका परेका छन् । पक्राउ पर्ने मा मकवानपुरको थाहा नगरपालिका वडा नं.१२ वस्ने वर्ष २५ को ट्रक चालक सुरेन्द्र गोले र सोही ठाउँका वर्ष १९ को रित्तम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं.४ गढवा टोल स्थित शिवाङगी पेट्रोल पम्म अगाडी गौर-चपुर सडक खण्डमा रोकी राखेको ना.६ ख-५९४३ नं.को आईचर ट्रक चेकजाँच गर्ने क्रममा उक्त ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लाष्टिकले वेरेको १२ पोका १८६ किलो लागु औषध गाँजा फेला पारेको हो ।

उक्त गाँजा बरामद गरी ट्रक र दुई जना लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर