
कलैया । बारामा नलकटुवा बन्दुक र गोली सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नं.५ बगडमपुर टोल बस्ने वर्ष ३५ को मनोज प्रसाद जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनु भयो ।
बारागढी गा.पा.०३ खोपवा बजार स्थित झै-झगडा भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बारागढी बाट खटिएको प्रहरी टोली उक्त स्थानमा पुग्दा झगडा गर्ने मानिसहरू तितर बितर भएको र सोही स्थानमा प्रदेश नं.-३-०२-०१०प ७१२३ नं. को मोटरसाइकलमा शंकास्पद अवस्थामा बसिरहेका जयसवाल लाई चेकजाँच गर्दा अवैध नलकटुवा बन्दुक बरामद भएको हो ।
उनले कम्मरको भागमा सर्जिकल कम्मरपेटीले बाँधी लुकाई छिपाई राखेको अवस्थामा १ राउण्ड गोली समेत फेला परेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।
जयसवाललाई पक्राउ गरी हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत बारा बाट पहिलो पटक दिन ७ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक मिश्र ले बताउनु भयो ।