भक्तपुर । शङ्खधर दिवसका अवसरमा आज मध्यपुरथिमि नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । शङ्खधर साख्वाःको योगदानलाई जीवन्त राख्न नगरपालिकाले ४३औँ शङ्खधर दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । यो दिवसका अवसरमा नगरपालिकाले विगत तीन वर्षदेखि सार्वजनिक विदा दिँदै आएको हो । दिवसकै अवसर पारेर काठमाडौंँ महानगरपालिकाको सहयोगमा निर्माण भएको शङ्खधर पार्ककोसमेत आज उद्घाटन गर्दैछ । काठमाडौँ महानगरपालिकाको रु दुई करोड र मध्यपुरथिमि नगरपालिकाको रु चार करोडको लागतमा १३ रोपनी क्षेत्रफलमा परम्परागत शैलीमा ढुङ्गेधारा, एमपि थियटरसहित निर्माण भएको पार्कको उद्घाटन गर्ने तयारी गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै चाँगुनारायण नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने भएको छ । यो एकादशीको दिनमा चार नारायणमा भव्य मेला लाग्ने र त्यसमध्ये जेठो नारायणको रुपमा मानिँदै आएकोे चाँगुनारायण मन्दिरमा भव्य मेला लाग्ने भएकाले चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिएको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले यस दिनलाई स्थानीय पर्वको रुपमा घोषणा गर्दैै विगत तीनवर्षदेखि सार्वजनिक बिदा दिने गरी क्यालेण्डर बनाएकाले भोलि बिदा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर