कलैया । ईलाका प्रहरी कार्यालय सिमरौनगढमा कार्यरत प्रहरी नायव निरीक्षक पदमा कार्यरत विरेन्द्र महतो उपर भ्रस्टाचार मुद्दा दायर भएको छ । उनी उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मा मुद्दा  दायर गरेको आयोगका प्रब्क्ता नारायण प्रसाद रिसालले बताउनु भयो ।

महतोले नेपाल प्रहरीको प्रहरी जवान पदमा नियुक्ति हुँदा पेश गरेका प्रमाण-पत्रहरुमा जन्म मिति सच्याई पेस गरी नियुक्ति लिई बढुवा हुँदै प्रहरी नायव निरीक्षक पदमा कार्यरत रहेको अख्तियारले जनाएको छ ।
उनले जन्म मिति सच्याई राष्ट्रसेवकको ओहदा पाई सो हैसियतले लाभ वा सुविधा लिई पदमा बहाल रहिरहने मनसाय राखी आफूलाई लाभ हुने र नेपाल सरकारलाई हानी पुर्‍याउने उद्देश्यले भ्रष्टाचार गरेको अख्तियार का प्रब्क्ता रिसालले बताउनु भयो ।

उनले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा  १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसूर गरेको पुष्टि भएकोले महतोलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा  १२ र ऐ. ऐनको दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत समक्ष मागदाबी गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर