साजिर मन्सूर , कलैया । बाराको सब भन्दा पुरानो तथा जेठो क्याम्पसका रुपमा स्थापित रामराजा बहुमुखी क्याम्पसको १४ औ सभा सम्पन्न भएको छ । कलैया ५ स्थित क्याम्पस प्राङ्गणमा सो सभा सम्पन्न भएको हो ।

शिक्षा र ब्यवस्थापन सन्कायको अध्यापन गराउने यो क्याम्पसमा १२ सय बिद्यार्थी रहेको क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाले जनाए । उच्च शिक्षा दिने जमर्को रहेको क्याम्पसमा सबैको सहयोग हुनुपर्ने कुश्वाहाले बताए । भौतिक पुर्वाधार निर्माण भएर मात्र हुदैन नगरका सबैले शिक्षा बिकासका लागि सहयोग गर्नुपर्ने उपस्थितहरुले बताए ।

क्याम्पस सन्चालनका निम्ति स्थानीय सरकार कलैया उपमहानगरपालिकाले नियमित सन्चालन अनुदान उपलब्ध गराउन सन्चालक समितीका अध्यक्ष प्रभु नाथ पटेलले आग्रह गरे । पटेलले सबै भन्दा जेष्ठ क्याम्पस भएपनी समानुकुल यसको बिकास र प्रगती नभएको बताउदै यस्को लागि सबै जिल्ला बासिले नै सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी कलैया उपमहानगरपालिकाका प्रमुख राजेश यादबले क्याम्पसको सन्चालनका निमित नियमित अनुदान १५ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
प्रमुख अतिथी यादबले क्याम्पसलाई जिल्लाकै गौरव भएको बताए । यादबले यो बर्ष क्यामप्समा निशुल्क किताब खरिदका लागि उपमहानगरपालिकाबाट ५ लाख दिने बताए ।

क्याम्पस सन्चालक समिती अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षता तथा कलैया उपमहानगरपालिकाको प्रमुख राजेश राय यादबको प्रमुख आतिथ्यमा भएको सभामा पुर्व मन्त्री कलावती पाश्वान,नेकपा एमालेका नेता महम्द समिउल्लाह,जवाहिर अन्सारी,माओवादी केंद्रका युवा नेता मुकेश साह,नेकपा एकीकृत समाजबादिका नेता बिक्रम ठाकुर,जसपाका युवा नेता मुर्तुजा अन्सारी,नेमकिपा बाराका अध्यक्ष मुक्ति यादब,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास,ज्येष्ठ नागरिक समाज बाराका अध्यक्ष भरत बहादुर मल्ल,नेपाल भारत मैत्री संघ बाराका अध्यक्ष हिरालाल साह,महिला अधिकार कर्मी बबिता जयस्वाल,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी,प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु यादब,बरिस्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ,शिला साह,मनोकामना कलेजका निर्देशक रामबाबु कुश्वाहा,दुर्गा माबिका प्रधानाध्यापक मनोज यादव,जनता माबीका प्रधानाध्यापक लालबाबु जयसवाल,समाजसेवी सुरेश मोदक सहित विभिन्न शिक्षा प्रेमी समाजसेवी,अभिभावक,बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

सन्चालक समिती उपाध्यक्ष जङ्गबहादुर चौरसियाले स्वागत गरेको कार्यक्रमको सन्चालन अमित श्रेष्ठले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर