युनिक यादव ,कलैया । बारामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले मङ्सिर ६ गते देखि दोस्रो डोज पाउने भएका छन् ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल को अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको स्वास्थ्य कार्यालय बारा का निमित्त प्रमुख रामनरेश यादवले बताउनु भयो ।

मङ्सिर ६ गते जिल्ला को १० स्थानीय तह र मङ्सिर ९ गते ६ स्थानीय तहमा दोस्रो डोज पाइने निमित्त प्रमुख यादवले बताउनु भयो ।

दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने उनले बताउनु भयो ।

सूचना

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर