
कलैया । बारा को करैयामाइ गाउँपालिका मा भोलि सार्वजनिक बिदा हुने भएको छ ।
जिल्लाको करैयामाई गाउँपालिकाको वडा नं .२ मा रहेको करैयामाई मन्दिरमा मंसिर ३ गते मेला तथा पुजा गर्नका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष भुनेश्वर धामीले बताउनु भयो ।
कार्यपालिकाको हिजो बसेको बैठकले मंसिर ३ गते सार्वजनिक विदा दिने निर्णय भएको धामीले बताउनु भयो ।
बिदाको दिन गाउँपालिका भित्रका सवै वडा कार्यालय, सम्पूर्ण शिक्षणसंस्था लगायतका सार्वजनिक संघसंस्थाहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।