
कलैया । सरकारले बारा को एक सहित पाँच कम्पनी लाई कार्वाही गरेको छ ।नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गरेको भन्दै पाँचवटा कम्पनीहरूलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा मारुती सिमेन्ट लिमिटेड सिरहा, युनाइटेड सिमेन्ट प्रालि धादिङ, जगदम्बा सिमेन्ट प्रालि रूपन्देही, जानकी केवल प्रालि धनुषा र ग्यास वान नेपाल प्रालि बारा रहेका छन् ।
जगदम्बा सिमेन्टको पीपीसी सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० रहेको र यो नमुना नेपाल गुणस्तर ३८५ अनुसार नरहेको भन्दै विभागले सिमेन्ट बिक्री रोक्का गरी यो ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न निर्देशन दिनुका साथै १५ दिनमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । त्यस्तै बाराको पिलुवा मा रहेको श्री ग्यास वान प्रालि पनि कार्वाहीमा परेको छ ।
ग्यास वान प्रालिले बोटलिङ गरी बजारमा पठाएको ग्यासमा क्याप नलगाएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको, सीभीटी मेसिन प्रयोग नभएको, एचएसटी मेसिन प्रयोग गर्नुपर्नेमा सोको प्रयोग नभएको, सिलिन्डर धुने पखाल्ने व्यवस्था नभएको, भल्भसमेत मर्मत नगरेको विभागले जानकारी दिएको छ। विभागले उक्त प्रालिलाई तत्कालै उत्पादन बन्द गर्न र १५ दिनभित्र स्पष्टीकरण दिन पनि पत्राचार गरेको छ ।
सूचना