कलैया । अन्तर्राष्ट्रिय बाल दिवसकाे अवसरमा कलैयामा “बाल विवाह तथा दाइजो प्रथा” सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

लुमन्ति आवासकाे लागि सहयोग समुहको सहयोग तथा शहरी गरिबी निवारण मंचकाे आयोजनामा कलैया उप-महानगरपालिका वडा नं.१४ बघवनका पासवान टाेल र धनकार टाेलका बालबालिका, युवायुवती र महिला समुहकाे सहभागितामा बाल विवाह तथा दाइजो प्रथा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा बाल विवाहबाट हुने बेफाइदाहरुकाे बारेमा बिस्तृत जानकारी शहरी गरिबी निवारण मंचका कार्यक्रम संयोजक शिवनाथ रामले गराएका थिए ।

उक्त कार्यक्रममा कलैया लुमन्ति आवासकाे लागि सहयोग समुहका सामुदायिक सहजकर्ता सुर्य राज पासवान, शहरी गरिबी निवारण मंचका कार्यक्रम संयोजक शिवनाथ राम, मंचका सदस्य दिपेन्द्र पासवान, सबिता कुमारी पासवान लगायत स्थानीय भद्रभलादमीहरुकाे सहभागी रहेको थियाे ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर