कलैया । नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ।प्रहरी प्रधान कार्यालयले २२ जना प्रहरी उपरीक्षक(एसपी मध्ये सात जिल्लाका प्रहरी प्रमुखको सरुवा भएको छ ।
पर्सामा रमेश कुमार बस्नेत, मकवानपुरमा सुरेन्द्र गुरुङ, नुवाकोटमा रामप्रसाद शाह, तनहुँमा राजेन्द्रबाबु रेग्मी, स्याङजामा राजीब बस्नेत, धादिङमा राकेश सिंह र सप्तरीमा अविनारायण काफ्लेलाई पठाइएको छ । पर्सामा प्रमुख बनेका बस्नेत महानगरीय प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारीमा थिए।