कलैया । पर्सा बाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धोविनी गाउँपालिका-२ बस्ने २६ वर्षीय दिवाकरकुमार साह रहेकोे जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।

ना४५प ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिश्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका उनको साथबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५०/४५० थान गरी एक हजार ३५० थान लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक दीपक थापाले बताउनु भयो ।
नियमित चेकजाँचको क्रममा शनिबार भिश्वा नाकामा ड्युटी खटाएको प्रहरीले चेकजाँच गर्ने क्रममा बरामद गरेको हो ।
मोटरसाइकलको पछाडि बसेका अर्का एक युवक भने भाग्न सफल भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर