साजिर मन्सूर , कलैया । बारा सदरमुकाम कलैयामा बारामा बाल बिवाहको अवस्था र हाम्रो दायित्व सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । साथ साथ सिकाई सन्जाल,बाराको आयोजना तथा को-क्याप को सहयोगमा सो अन्तरक्रिया सम्पन्न भएको हो । नेपालको प्रचलित कानन अनुसार बिवाह गर्ने न्युनतम उमेर २० बर्ष भएको र सो भन्दा कम उमेरमा गरेको बिवाह स्वत: बदर हुने कानुनी प्रावधान भएको अन्तरक्रियामा बोल्दै बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए ।
कटुवालले कानुनतः २० बर्ष को उमेरमा हुने बिवाहले धेरै नै समस्या आईरहेको भन्दै समाजबाट उमेर हद कम गर्न विभिन्न खाले सल्लाह आईरहेकोले चाडै यो सम्बन्धमा केही परिमार्जन हुन सक्ने संकेत गरे । बाल बिवाह गर्दा धेरै प्रकारका समस्या उत्पन्न हुने गरेकाले समेत यो तर्फ सबैको ध्यानाकर्षण हुन जरुरी रहेको सहभागिहरुले बताए । बाल बिवाह गर्दा ब्यक्तित्व बिकासमा समस्या,शिक्षा बाट बन्चित,स्वास्थ्यमा असर,जनसंख्या वृद्धि,मातृ मृत्युुदर बढ्नु,बाझोपना बढ्नु,आर्थिक असर,जिडिपीमा असर पर्ने लगायतका समस्या देखिने मा जोड दिएको थियो ।
बाल बिवाह गर्दा नेपालमा मुलुकी देवानी सम्हिता २०७४ मा बिवाहको लागि कानुनी उमेर २० बर्ष तोकिएको र यस्तो ब्यवस्था उलंघन गरेमा बिवाह गर्ने र गराउने लाई ३ बर्ष सम्म कैद र ३० हजार रुपैया जरिवाना गर्न सक्ने ब्यवस्था रहेको,बिवाह बदर हुने प्रावधान रहेको छ ।
यसरी बाल बिवाह भएको भए ३ महिना भित्र प्रहरी कार्यालयमा उजुर गर्नुपर्ने वा १०० मा डायल गरि सहयोग लिन सकिन्छ ।
कार्यक्रममा पुर्व मन्त्री काङ्ग्रेस नेतृ कलावती पास्वान,प्रहरी निरीक्षक भरत अधिकारी,अधिवक्ता नागेन्द्र राउत,एकीकृत समाजबादिका नेता ध्रुव यादब,नेकपाका युवा नेता मोहन लामिछाने,प्रेस युनियन बाराका सचिव साजिर मन्सूर,सन्चारकर्मी सुरेश बिडारी,महिला अधिकारकर्मी,मन्जु सुवेदी,अनु सिंह,कल्पना खरेल,गौरी ढकाल,मन्दा दलि,किसमती राम लगायतकाको उपस्थिति रहेको थियो ।