कलैया ।राष्ट्रपति विद्यादेवी भण्डारी आज महोत्तरी आउँदै छिन् ।आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् ।

राष्ट्रपति भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्नु हुने छ ।राष्ट्रपतिको आगमन हुने कार्यक्रमले मटिहानीमा राजनीतिक दल, सामाजिक सङ्घसंस्था, महोत्तरी उद्योग वाणिज्य सङ्घ र आम नागरिक समाज एकाकार भएर स्वागतको तयारीमा लागेका छन् ।

मटिहानी नगरपालिकाको निमन्त्रणामा हुन लागेको राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई सिङ्गो महोत्तरी जिल्लाले महत्व पाएको भन्ने अनुभूति लिइएको राजनीतिक दलका अगुवाले बताएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर