कलैया । सरकारले स्थानीय तह निर्वाचनको तयारी सुरु गरेको छ । पाँचवर्षे कार्यकालका लागि २०७४ वैशाखमा निर्वाचित स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ ।

स्थानीय तहको निर्वाचनलाई लिएर आयोगले आन्तरिक तयारी सुरु गरिसकेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकार दृढ रहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “स्थानीय तह पुनः पदाधिकारीविहीन त हुने होइन भन्ने सवालमा सरकार सचेत रहेको र लोकतन्त्र तथा लोकतान्त्रिक सङ्घसंस्थालाई जीवन्त राखेर जनतालाई सेवासुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन प्रतिबद्ध छौँ ।”निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रधानमन्त्री र निर्वाचन आयुक्तहरूसँग भएको छलफलबमोजिम आयोगले आन्तरिक तयारी सुरु गरेको जानकारी दिनुुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक दोस्रो साता निर्वाचन आयोगका आयुक्तहरूसँग परामर्श गर्नुभएको थियो । प्रवक्ता पौडेलले भन्नुुभयो, “स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनी तथा संवैधानिक व्यवस्थाबारे चर्चा भएको हो ।”

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले चुनावको तालिका निर्वाचन आयोगले सार्वजनिक गरेपछि मात्रै आचारसंहिता लागू हुने बताउनुुभयो । “यद्यपि बहुवर्षीय योजना स्वीकृत नगर्ने, ओएनएम दरबन्दी नथप्ने, जनप्रतिनिधिको दबाबमा पैसा बाँड्ने काम नगर्नेजस्ता सुुझाव कर्मचारीलाई दिएका छौँ”, निर्वाचनको पूर्वसन्ध्यामा कर्मचारीले अपनाउनुपर्ने सतर्कताबारे बोल्दै उहाँले खुुलाउनुुभयो ।
गोरखापत्र बाट

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर