
कलैया । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आवेदन फाराम खुल्ला गरेको छ ।
मङ्सिर ७ गतेबाट लागु हुने गरी आवेदन फाराम खुला गरिएको परीक्षा नियन्त्रक कार्यालयका कृष्णप्रसाद शर्माले बताउनु भयो ।फाराम आगामी माघ २१ गतेसम्म भर्न सकिने छ । माघ मसान्तसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने बोर्डले जनाएको छ ।
विद्यालयहरुले आवेदन फाराम भरेर आगामी फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्नुपर्ने निर्णय भएको बोर्डले सूचना जारी गर्दै जनाएको छ ।