कलैया । बारामा नालामा डुबेर २ वर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटा बस्ने २ वर्षिय मनिष ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आज बिहान मनिष खेल्ने क्रममा हराएपछि खोज्दै जाँदा आफ्नै घर अगाडीको नालामा डुबेको अवस्थामा फेला परेका हुन् । उक्त स्थानमा निर्माण भए पनि नाला माथिको ( स्लाब ) अधिकांसमा नराखिएको अवस्थाका कारण घटना भएक स्थानीय बताउछन ।