कलैया । पर्सा प्रहरीले भन्सार छली गरि ल्याएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयरका पार्टसहरू बरामद गरेको छ । प्रहरीले ७ लाख २९ हजार मुल्य बराबरको अवैध सामान बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिकामा पर्ने ईनर्वागाउँ, नगवा र छपकैया स्थितबाट अवैध रूपमा भन्सार छली ओसार पसार गरि ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो ।

अवैध रुपमा ल्याइएका सामानहरु आवश्यक कारवाहीको लागी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर