कलैया । बारा मा आज नेपाली कांग्रेसको नगर अधिवेशन हुँदै छ । जिल्ला मा रहेको १६ स्थानीय तह मध्ये १३ स्थानीय तह मा आज नगर अधिवेशन हुने जिल्ला निर्वाचन अधिकृत राजन ढकालले बताउनु भयो ।

सिम्रौनगढ नगरपालिका , पचरौता नगरपालिका , प्रसौनी गाउँपालिका मा भने आज नगर / गाउँ अधिवेशन हुने भएको छैन । ती स्थानीय तहमा अहिले पनि विवाद कायम रहेको भन्दै अधिवेशन नहुने भएको छ ।अधिवेशन ९ बजे देखि सुरु हुने छ निर्वाचन अधिकृत ढकालले बताउनु भयो । बारामा भई रहेको नगर अधिबेशनमा संस्थापन देउवा पक्ष र अन्य प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन ।

बारामा दुई उपमहानगरपालिका मध्ये जितपुर सिमरा उपमहानगरपालिकाको नगर सभापतिको लागी अहिलेका सभापति श्यामबाबु गुप्ता र काग्रेस नेता छविलाल शर्माले उम्मेद्धवारी घोषणा गर्नुभएको छ । त्यस्तै कलैया उपमहानगरपालिकाको नगर सभापतिको लागि पुरुशोतम पाण्डे र संजय गुप्ताले उम्मेद्धवारी घोषणा गर्नुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर