
कलैया । पर्सामा लागु औषधसहित २ वटा ट्रक तथा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना नखुलेका ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा उपमहानगरपालिका-७का ४५ वर्षीय राजु बस्नेत, मेची नगरपालिका-५० वर्षीय गोपाल थापा र हेटौंडा उपमहानगरपालिका-६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेको प्रहरी ले जनाएको छ ।
ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा.३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागेर चेकजाँच गर्दा चालक बस्ने सिटमुनि बोराभित्र कोरेक्स ५४ बोत्तल बरामद गरेको हो । त्यस्तै ना.५ख ६८७७ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक बस्ने सिटमुनी बोराभित्र लुकाईएको २२३ बोत्तल गरी जम्मा २७७ बोत्तल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेका चारैजनालाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।