साजिर मन्सूर , कलैया । क्षय रोग पहिचानका लागि निजि स्वास्थ्य सेवा प्रदायकहरुको सन्लगनता कार्यक्रम अन्तरगत सिकाई एवम आदानप्रदान कार्यक्रम कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कलैया स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट को सभाहलमा सम्पन्न कार्यक्रममा टिबि रोगका बिषयमा संस्थाले गरेको कामका बारेमा छलफल जानकारी गराइएको सन्स्थाका उपाध्यक्ष पवन अग्रवालले जानकारी गराएका छन ।
सो अवसरमा सहयोग समिती नेपालको अध्यक्ष पुनम साहले सन्स्थाले खानेपानी,स्वच्छता तथा सरसफाइ,स्वास्थ कार्यक्रम तथा पोषण सम्वन्धी कार्यक्रम,गुणस्तरीय शिक्षा तथा बाल अधिकार सम्बन्धी कार्यक्रम,शान्ती स्थापना,आपतकालीन तयारी,ब्यवस्थापन कार्यक्रम,स्थानिय सुशासन तथा जवाफदेहीता प्रवर्द्धन ,गरिबि निवारण एवम अनुशन्धान लगायका काम गरिरहेको जानकारी गराईन ।
कार्यक्रम को सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सान्सद पारस साहले यस्ता कार्यक्रमले विभिन्न किसिमका रोग तथा असक्तताका कारण हुने बिरामी दर तथा मृत्युु दर घटाउन सहयोग मिल्ने बताए । प्रमुख अतिथि साहले समाजको अग्रगामी बिकासका लागि सबै बर्गको सहयोग र अग्रसरता हुनुपर्नेमा जोड दिए । साहले आफुले हाउसमा सबै जनताको टिबि परिक्षणका लागि पहल गर्ने बताए ।
सहयोग समिती नेपालको अध्यक्ष पुनम साहको अध्यक्षता एवम प्रदेश सभा सदस्य पारस साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिरगंज महानगरपालिकाको उप प्रमुख शान्ती कार्की,हेटौंडा उप महानगरपालिकाको उप प्रमुख मन्दा बिष्ट,स्वास्थ निर्देशनालय प्रदेश २ को निर्देशक बिजय झा,प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका डा.श्रवण मिश्र,समाजिक बिकास मन्त्रालय प्रदेश २ को स्वास्थ महा शाखा प्रमुख डा.मुक्ती नारायण साह,बागमती प्रदेश स्वास्थ निर्देशनालयको सुरेश महर्जन,रास्ट्रीय छयरोग नियन्त्रण केन्द्र का शिवशन्कर महतो,जिल्ला स्वास्थ कार्यालय बारा,पर्सा,रौतहट,सर्लाही,धनुषा,र बागमती प्रदेश को मकवानपुर गरि ६ वटा जिल्ला स्वास्थ्य कार्यालय प्रमुखहरु र छयरोग कुस्ठ रोग अधिकृतहरु,
त्यस्तै आयोजक संस्थाले काम गरिरहेको ९ पालिकाहरु बिरगंज महानगर,हेटौंडा उपमहानगरपालिका,पोखरिया नगरपालिका,मनहरी नगरपालिका,गौर नगरपालिका,लालबन्दी नगरपालिका,मलङवा नगरपालिका,जनकपुर उपमहानगरपालिका र सबैला नगरपालिकाका प्रतिनिधि,विभिन्न संघसंस्थाका प्रतिनिधि लगातकाको उपस्थिति रहेको कार्यक्रम ब्यवस्थापक उपेन्द्र कुमार सिंहले बताएका छन ।
प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ का क्षयरोग तथा कुस्ठ रोग अधिकृत राजबिर यादबले स्वागत गरेको कार्यक्रमको सन्चालन आयोजक संस्थाको अनुगमन तथा मुल्यांकन अधिकृत रेखा शरुले गरेकी थिईन ।
टिबि रिच स्टप/टिबिपार्टनर शिप/युएनोपिएस र क्यानेडियन सरकारको सहयोग तथा राष्ट्रिय क्षयरोग नियन्त्रण केंद्र र स्वास्थ निर्देशनालय प्रदेश २ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।