कलैया । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ ।
जिल्ला को बलरा नगरपालिका वडा नम्बर ९ मा वडा अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताउनु भयो ।







