साजिर मन्सूर
कलैया,मङ्सिर १३

कलैया उपमहानगरपालिका वडा नम्बर १२ लाई स्मार्ट र डिजिटल वडाको रुपमा बनाउन लागेको वडा अध्यक्ष राजेश्वर केशरिले बताएका छन । बारा सदरमुकाम कलैया स्थित एपेक्स कम्प्युटर ईन्स्टिच्युट एण्ड ईन्फरमेशन टेक्नोलोजीमा ४५ दिने आधारभुत कम्प्युटर तालिमको उदघाटन गर्दै केशरिले यस्तो बताएका हुन । आफ्नो वडाका कम्प्युटर सम्बन्धी ज्ञान हासिल गर्न ईच्छुक ४० जना युवा बिद्यार्थीलाई निशुल्क रुपमा कम्प्युटरको आधारभुत सीप को लागि योजना बनाएको र सो अवधारणा अनुरुप आज बाट तालिम उपलब्ध गराउन लागेकोमा अत्यन्तै खुशी लागेको केशरिले बताए । केशरिले आफ्नो वडामा पर्याप्त भौतिक पुर्वाधारको बिकास गर्न सफल भएको र अब त्यहाको जनता र युवाहरुलाई आधुनिक स्मार्ट र डिजिटल बनाउन जरुरी रहेको भन्दै त्यो तर्फ अगाडी बढेको बताए । केशरिले वडाको जनताले आ आफ्ना छोराछोरीका लागि कम्प्युटर सिकाउन परो भनेर सल्लाह दिए बमोजिम आफुले पनि यसमा लागिपरेको बताए । केशरिले वडाका गरिब ,दलित,मुस्लिम,अल्पसंख्यक,आदिवासी,जनजाति,अपांग,पिछडिएका बर्गको ४० जनाका लागि यो तालिम सन्चालन गर्न लागेको बताए ।
वडा अध्यक्षले आफ्नो वडाका ४० जनाको कम्प्युटर शिक्षाका लागि हामिलाई गरेको बिश्वासमा हामी कतै नचुक्ने र स्वस्थ बाताबरणमा तालिम दिने ईन्स्टिच्युटका सन्चालक तथा मुख्य प्रशिक्षक बिजय राउतले प्रतिबद्धता जनाए । ईन्स्टिच्युट का संचालक तथा प्रबन्धक साहिल हवारिले सन्चालन गरेको कार्यक्रममा वडा सचिव आशुतोष पाण्डे,बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर