कलैया । सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताउनु भयो ।

दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायतलगायत देशमा नयाँ भेरियन्टका सङ्क्रमित फेला परेका छन् । सङ्क्रमण देखिएका देशबाट आउने यात्रुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्ने र होटल क्वरेन्टीनमा राख्ने व्यवस्था मिलाइएको छ ।विश्व स्वास्थ्य सङ्गठनले नेपाल लाई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर