साजिर मन्सूर , कलैया । सरकारले गराउने हरेक किसिमको निर्वाचनमा सहभागी हुन पाउनु जनताको अधिकार भएको र सम्पुर्ण नागरिकलाई निर्वाचनमा सहभागी हुन मतदाता नामावली संकलन गर्न थालिएको छ। बाराको विभिन्न पालिकामा दुई चरणमा मतदाता नामावली संकलन गर्ने हिसाबले सो समबन्धमा अन्तरक्रिया थालिएको छ ।
जनता माथी कुनै पनि वैमनस्यता नराखी सबैलाई आफू सरह मानेर व्यवहार गर्नुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताएका छन । सबै किसिमको समस्या हामि आफै सबै मिलि समाधान गर्नुपर्नेमा कटुवालले जोड दिए ।
मतदाता नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले बाराको स्थानिय तहहरुलाई दुई चरणमा गरि नामावलै संकलन गर्ने कार्यक्रम तय गरेको छ ।
जस अनुसार मङ्सिर १७ गते देखि पुष २ गते सम्म निजगढ नगरपालिका ,सिम्रौनगढनगरपालिका ,करैयामाई गाउपालिका,पचरौता नगरपालिका,आदर्श कोत्वाल गाउपालिका,महागढिमाई नगरपालिका,देवताल गाउपालिका लाई पहिलो चरणमा मतदाता नामावली संकलन गरिने जिल्ला निर्वाचन अधिकृत सरोज कुमार चौधरीले बताए ।
चौधरीले दोश्रो चरणमा पुष ४ गते देखि पुष १८ गते सम्म प्रसौनी गाउपालिका,सुवर्ण गाउपालिका,परवानिपुर गाउपालिका,बारागढी गाउपालिका,बारा गढी गाउपालिका,बिश्रामपुर गाउपालिका,फेटा गाउपालिका मा मतदाता नामावली संकलन गर्ने योजना बनाइएको बताए । चौधरीले कलैया उपमहानगरपालिका,जितपुर सिमरा उपमहानगरपालिका र कोल्हबी नगरपालिकामा पहिला देखि नै मतदाता नामावली संकलन भैरहेकोले यी तीन पालिकालाई यो चरणमा समावेश नगराईएको बताए ।
अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण स्थानिय तहका प्रमुखहरु,स्थानीय प्रहरी प्रशासनका प्रमुखहरु,राजनैतिक दलका प्रतिनिधिहरु,स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरु,सन्चारकर्मीहरु,विभिन्न सरकारी कार्यालयका प्रमुखहरु को सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका कम्प्युटर अपरेटर उमेश यादबले जानकारी गराएका छन ।