
कलैया । अपाङ्ग दिवसका अवसरमा पारेर यहाँ पहिलोपटक यही मङ्सिर १७ गते ह्विलचियर म्याराथन हुने प्रतियोगिता भएको छ । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको दिन आपाङ्गता भएकाको हौसला बढाउन प्रतियोगिता गर्न लागिएको आयोजक अलाइड युथ सोसाइटी पर्साले जनाएको छ ।
किरण आँखा अस्पताल, वीरगञ्ज कलेज, वीरगञ्ज महानगरपालिका, डिएभी स्कुल लगायतका सहयोगमा २०० मिटर ह्विलचियर म्याराथन हुने सोसाइटीका अध्यक्ष ओमकुमार झाले जानकारी दिनुभयो ।
प्रतियोगितामा २५ सहभागी गराउने लक्ष्य आयोजकको छ । प्रथम हुनेलाई हाइड आउटमा डिनर, ह्विलचियर, वैशाखी, इलेक्ट्रिक जग, वैशाखीलगायत पुरस्कार छ भने द्वितीय र तृतीय हुनेलाई वैशाखी, च्यवनप्रासलगायत सामग्री प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी खाली हात नपठाउने गरी तयारी गरिएको सोसाइटीका उपाध्यक्ष आकाश दासले बताउनुभयो । रासस