
कलैया । बाराको प्रसौनी गाउँपालिकाले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा “अपाङ्ग संग मेयर, उपमेयर” कार्यक्रम सम्पन्न भएको छ ।
संरक्षण ग्रुप नेपाल प्रालि कलैयाको आयोजना र प्रसौनी गाउँपालिकाको सहयोगमा शुक्रवार कार्यक्रम को आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी अपाङ्गता भएका ब्यक्तिहरुको समस्या लाई ध्यानमा राख्दै समाधान गर्ने तर्फ गाउँपालिका अग्रसर रहेको अध्यक्ष भोला गुप्ताले जानकारी दिनु भयो ।
उनले गाउँपालिकाले हरेक क्षेत्रको बिकासमा जोड दिए संगै जनताको नजिकको स्थानिय सरकर भएकोले जनताको हरेक दुःख सुखमा साथ रहेको धारणा राखे । कार्यक्रममा सहभागी अपाङ्गहरुले बिभिन्न समस्याहरु ब्यक्त गरेका थिए । धेरै जसोले अपाङ्गता कार्ड बनाउने समस्याहरु रहेकोे भन्दै गाउँपालिका अध्यक्षले पनि उक्त समस्या समाधान गर्न आफू लागि पर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।
त्यस्तै कार्यक्रममा उठेका समस्याहरु लाई सम्बोधन गर्दै गाउँपालिका कि उपाध्यक्ष गिता साहले स्थानीय तह भित्र रहेका अपाङ्गता लाई रातो कार्ड बनाउने आफू लागि परे पनि यसमा नियम र कानूनी बध्यताले बनाउन नसकेको धारणा राख्नु भयो । उक्त कार्यक्रममा प्रशासन, शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख राकेश ओझा, महिला तथा बालबालिका शाखा प्रमुख र मेडपा फोकल पर्सन निशा थापा , संरक्षण ग्रप नेपाल संस्थाका प्रमुख बृजमोहन कुश्वाहा , मुकेश कुश्वाहा लगायतका सम्पुर्ण वडाबाट करिब ८० जना अपाङ्गहरुको सहभागीता रहेकोे थियो ।