कलैया । मकवानपुर बाट लागू औषध सहित बाराका दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाराको बारागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ३३ को बसन्त राज चौधरी र त्यही ठाँउ बस्ने वर्ष २३ को मुना चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा चेक जाँच गर्ने क्रममा बाराबाट हेटौडा तर्फ जादै गरेको बा ५२ प ३९६४ नं. को मोटरसाईकललाई रोकी चेक जाँच गर्दा झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध Siorex १७९ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले शुक्रबार लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो । दुई जनालाई पक्राउ गरी मोटरसाईकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको ।







