![](https://bishwasfm.com/wp-content/uploads/2021/07/5f1e5ee1e5aaf_death.jpg)
कलैया । पर्सामा सवारी दुर्घटनामा परी एक युवक को मृत्यु भएको छ । जिल्ला को पटेर्वासुगौली गाउँपालिका–२ चाफीमा आज भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको हो ।
बालुवा लोड गरिएको ना ५ त ४१०८ नम्बर को ट्र्याक्टरले च्यापिएर पटेर्वा सुगौली–२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।