कलैया । प्रदेश नम्बर २ सरकारले मङ्सिर २२ गते बुधबार सार्वजनिक बिदा दिएको छ । विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको हो । 

शुक्रवारबाट सुरु भएको विवाहपञ्चमी महोत्सव पहिलो दिन सीताराम विवाहमहोत्सव अन्तर्गत जनकपुर नगरदर्शन गरिएको थियो भने दोस्रो दिम शनिवार फुलवारी लिला सम्पन्न भएको हो । त्यस्तै आज आइतबार धनुषयज्ञ हुन लागेको छ भने सोमबार तिलकोत्सव, मंगलबार मटको, बुधबार शुभविवाह रहेको छ भने बिहिबार रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णय अनुसार नै बुधवार सार्वजनिक विदा दिइएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर