नूरआलम बादशाह,सिम्रौनगढ़ । बाराको सिम्रौनगढ़मा ग्लोबल आईएमई बैंकको एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आज सम्पन्न भएको छ ।

सिम्रौनगढ़ नगरपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सिम्रौनगढ़ नगरपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायत यस सिम्रौनगढ़ क्षेत्र आसपासका करिव ३०० जनाको उपस्थिती थियो।

एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा ग्लोबल आईएमई बैंकको डिजिटल बैंकिंग सपोर्टर सौरभ रिसालले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना भनाईहरु राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारेमा बताएका थिए ।

कार्यक्रममा सेवाग्राहीको तर्फबाट ध्रुव कुशवाहा, राकेश कुशवाहा, किरण कुशवाहा, ऋषभदेव ठाकुर, मुकेश मेहता लगायतले वित्तीय व्यवस्थापनबारे आ–आफ्ना जिज्ञासाहरु राखेका थिए भने त्यसको जवाफ सेन्ट्रल ऑपरेशन म्यानेजर कमला ओझाले दिएकी थिईन।

ग्लोबल आईएमई बैंक सिम्रौनगढ़ शाखको आयोजनामा सम्पन्न वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गर्नेमा बैंकले बिश्वास लिएको कुरा सिम्रौनगढ़ शाखा प्रमुख किशोर चौधरीले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर