
कलैया । महोत्तरीमा एक पुरुषको शव फेला परेका छ । जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ५ स्थित गेना बथनाहामा रहेको पोखरी छेउमा एक पुरुषको शव फेला परेको हो ।
जिल्ला को जलेश्वर नगरपालिका वडा नम्बर ७ अन्कार बस्नेअन्दाजी ४२ वर्षीय रामश्रृष्ठ यादवको शव फेला परेको प्रहरी ले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको छ। उनको मृत्युबारे अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए ।