कलैया । प्रदेश २ सरकारले कृषि विश्वविद्यालयका उपकुलपतिमा डा. वैद्यनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा .महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा मुख्यमन्त्री राउतले सिरहाको मिर्चैया नगरपालिका– २ का डा.महतोलाई नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।नवनियुक्त उपकुलपति डा. महतो प्रदेश २ को नीति तथा योजना आयोगका पूर्व सदस्यसमेत हुन् ।