सिमरा । एक्स सर्भिसमेन चिल्ड्रेन एकेडेमी सुन्दरबस्ती र लोटस एकेडेमी सिमराले ग्रास रुट अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा स्थान बनाएका छन् ।

ग्रास रुट फाउण्डेसन सिमराको आयोजनामा सिमरामा जारी प्रतियोगितामा एक्स सर्भिसमेनले मंगलबार मनहर्वाको मिसन एकेडेमीलाई १–० ले हाराएको छ । एक्स सर्भिसमेनको जितका लागि खेलको १४औँ मिनेटमा बिनोद घलेले गरेको गोल नै निर्णयक बन्यो । टिमका लागि एकमात्र गोल गरेका घले म्यान अफ द म्याच भए ।

मंगलबार नै भएको दोस्रो खेलमा जनता माधयमिक विद्यालय रजघट्टामाथी ४–० को जित निकाल्दै लोटस क्वाटरफाईनलमा प्रवेश ग¥यो । १६ वर्षका खेलाडी आकास मोक्तान चम्किँदा लोटसले जनता माबी माथी शानदार जित दर्ता ग¥यो ।
लोटसलाई उत्कृष्ट जित दिलाउन आकास एक्लैले तीन गोल गरे । उनि खेलको म्यान अफ द म्याच समेत बने । टिमका लागि अर्को गोल रोहन तामाङले गरेका थिए ।

प्रतियोगिताअन्तर्गत बुधबार ब्राईटर एकेडेमी सँग नेरामाबी अमलेखगञ्ज खेल्नेछ भने क्वाटरफाईनल प्रवेशका लागि भोलि नै अक्षरा पाठशाला र नेरामावी सिमरा खेल्नेछन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर