
कलैया । बारामा अटो रिक्सा पल्टिँदा १३ दिने बालिकाको ज्यान गएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ टेलिकम नजिकै अटो रिक्सा पल्टिँँदा १३ दिने बालिकाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् ।
बुधबार बेलुकी ८ बजे विकासशील चोकबाट सिमरा तर्फ आउँदै गरेको ना २ ह ५३ १६ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर पल्टिँदा सोही ठाउँका रविन कार्कीकी १३ दिने छोरी इभाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
उपचारको लागि वीरगञ्ज स्थित वयोधा अस्पताल पु¥याउना साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।दुर्घटनामा घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले रिक्सा सहित चालकलाई नियन्त्रणमा लिएको छ ।