रबिन्द्र प्रसाद साह,कलैया । चिल्लीको सेलाभिप परियोजना मार्फत चिल्लीको सहयोग तथा शहरी गरीबी निवारण मंचको आयोजना मा कलैया उपमहानगरपालिका का विभिन्न टोलहरुमा निर्माण भैरहेको ५१ ओटा घरहरुको अन्तिम चरणको बारेमा आज मंचका तथा लुमन्तिका विभिन्न व्यक्तित्वहरुबीच छलफल गरिएको छ।
सो छलफल मंचका अध्यक्ष रबिन्द्र प्रसाद साहको अध्यक्षतामा तथा लुमन्ती आवासको लागि सहयोग समुहका सूचना तथा अभिलेख व्यवस्थापन संयोजक अनन्त राज बज्राचार्यको बिशेश उपस्थितिमा सम्पन्न गरिएको थियो।
सो छलफलमा ELAVIP परियोजनाको बिषयमा आवश्यक छलफल गरिएको थियो। यस चरणको निर्माण कार्य सक्दो छिटो निर्माण गरी लाभग्राहीहरुलाई घर हस्तांतरण गर्ने, अगामी घर निर्माणको लागि लछित परिवार तथा समुदाय छनौट गर्ने, लगायतका विषयवस्तुहरुमा छलफल गरिएको थियो।
सो छलफलमा लुमन्ति कलैयाका कार्यछेत्र संयोजक अब्दुल कैश, सामुदायिक सहजकर्ताहरु अनिल मन्डल, सूर्य राज पासवान, सरीता कुशवाहा, अजय साह, इन्जिनियर विवेक तिवारी, मंचका कार्य समितिको पदाधिकारीहरु, अन्य सदस्यहरु लगायतको सहभागिता रहेको थियो।