साजिर मन्सूर ,कलैया । खेतान चिया उधोग का सन्चालक पवन खेतानले मौसम गोल्ड चिया लाई देशकै प्रत्येक नागरिकको पहिलो पसन्द बनाएको बताएका छन ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नमबर १ को थानिमाई सामुदायिक बन उपभोक्ता समितिले बनाएको पिकनिक पार्कमा आयोजित ब्यापारी भेटघाट एवम चिट्ठा कार्यक्रमलाई सम्बोधन गर्दै खेतानले यस्तो बताएका हुन । खेतानले देशमा रहेका अन्य चिया उधोग भन्दा गुणस्तरीय र मनमोहक स्वादमा उत्पादन भएर देशको कुनाकाप्चा सम्म पुगेर सबैको पहिलो रोजाई बन्न सफल भएको मौसम गोल्ड चिया लाई अझ उपभोक्ता बर्गको माग र चाहना अनुरुप परिमार्जन गर्दै जाने बताएका छन ।

स्वस्थ र स्फुर्त जीवन यापन गर्नमा पनि बिहानिको मौसम गोल्ड चियाको चुस्किले दैनिक दिनचर्यालाई अझ उत्साह थपेको उपभोक्ताहरुको भनाईले आफुहरुको हौसला बढेको सन्चालक खेतानले बताएका छन । खेतानले सम्पुर्ण उपभोक्ता सङ्गै सबै होलसेल तथा खुद्रा ब्यापारी हरुलाई समेत सहज र सरल तरिकाले जनता माझ मौसम गोल्ड चियाको पहुच पुर्याएकोमा धन्यबाद समेत ब्यक्त गरे ।

सोही अवसरमा मौसम गोल्ड चियाको आधिकारिक बिक्रेता कलैयाको अम्बे किराना भण्डारका सन्चालक लक्षमण रौनियारले ग्राहकको चाहना र अपेक्षा अनुरुप खेतान चिया उधोगले प्याकेजिङ्ग र मनमोहक स्वादमा चिया उत्पादन गर्ने गरेकोले सबैको रोजाई मौसम गोल्ड चिया नै बनेको बताए । रौनियारले कम्पनिले ग्राहक को रोजाई को ख्याल गरे सङ्गै सबै प्यापारी बर्गको लागि समेत प्रत्येक बर्ष भेटघाट एवम पुरस्कार को लागि चिट्ठा समेत खोल्ने कार्यक्रम गर्ने गरेकोले सबै ब्यापारी समेत यस्को प्रसंसक भएर बिक्रि गर्ने गरेको बताए ।

कम्पनीको राम्रो ब्यवस्थापन पछले पनि मौसम गोल्डले जन जनको बिश्वास जित्न सफल भएको रौनियारले बताए ।
कम्पनिले प्रत्येक बर्ष मौसम गोल्ड चिया बढी बिक्रि गर्ने ब्यापारिहरुका लागि चिट्ठा योजना गर्दै आएको र चिट्ठामा एलसिडी,कुकर,हिटर,कुलर,थर्मस,आईरन लगायताका उपहार बितरण गरिएको अम्बे किराना भण्डारका बजार प्रतिनिधि महेश गुप्ताले बताए ।

चिट्ठामा केहि नपर्ने ब्यापारिहरुलाई सान्त्वना पुरस्कार स्वरुप सबैलाई क्यालकुलेटर बितरण गरिएको गुप्ताले जानकारी गराएका छन । सो अवसरमा बाराका करिब २ सय किराना ब्यापारीहरुको उपस्थिति रहेको गुप्ताले बताएका छन ।
उक्त अवसरमा कम्पनिका बजार ब्यवस्थापक ईश्वर दवाडी,रिजनल म्यानेजरहरु जनक खड्का र कर्ण भण्डारी,एरिया म्यानेजर उमानाथ घिमिरे सङ्गै बाराका किराना ब्यापारिहरुको सहभागिता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर