कलैया । पर्सामा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, विहार जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडी टोल बस्ने ८० वर्षिय विजय कुमार कपुर रहेका छन् ।

जिल्ला पर्सा बीरगन्ज महानगरपालिका वडा नं.२१ स्थित प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो । परवानीपुरबाट हेटौडातर्फ जान गाडी कुरी बसिरहेका उनलाई प्रहरी ले पक्राउ गरेको हो ।

नुफ्रिन ५०० एम्पुल, डाइजीपाम ५०० एम्पुल र प्रोमिफाइजाम हाईड्रोक्लोराइड ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर