पर्सा । पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० निवासी २८ वर्षीय चन्दन कुमार साह र सोही ठाउँका ४४ वर्षीय ओमप्रकाश गुप्ता रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतिर जाँदै गरेको ना.१६ प. ५४४६ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा स्रोत नखुलेको १८ लाख नगद फेला परेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।

पक्राउ परेका दुई जनाविरुद्ध बैंक तथा बित्तीय संस्था सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर