कलैया । नेकपा एमालेको सात प्रदेशमा अध्यक्ष फेरिएको छ ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु तोकिएको हो ।
जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी लाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकिएको छ ।