
कलैया । सरकारले प्राप्त मोडेर्ना खोप १२ वर्षदेखि १७ वर्ष समूहका ५७ जिल्लाका बालबालिकालाई पुस ४ गतेदेखि १४ गतेसम्म विद्यालयमै लगाउने योजना गरे संगै कलैया उपमहानगरपालिका ले आफ्नो मातहत को सम्पुर्ण निजि तथा सामुदायिक बिधालयमा अध्यनरत बिद्यार्थी को विवरण माग गरेको छ ।
उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखा ले आज एक सूचना जारी गर्दै पुस ३ गते भित्र १२ वर्षदेखि १७ वर्ष समूहका बिद्यार्थी को विवरण पठाउन निर्देशन दिएको छ ।
उपसचिव प्रहलाद वर्णवाल द्वारा हस्ताक्षर गरिएको सूचना मा बिद्यार्थी को नाम , जन्मदर्ता नम्बर , अभिभावक को सम्पर्क नम्बर , जन्मदर्ता अनुसार को जन्म मिति र बिद्यार्थी अध्यनरत कक्षा प्रष्ट उल्लेख गरि विवरण उपलब्ध गराउन भनिएको छ ।
नेपालले कोभिड–१९ विरुद्धको मोडेर्ना खोप अहिलेसम्म ३६ लाख ५० हजार ६ सय प्राप्त गरेको छ । कोभ्याक्स सुविधामार्फत जर्मन सरकारको सहयोगमा उक्त खोप सहयोग प्राप्त भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति महाशाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले बताउनु भयो ।