कलैया । चिसोबाट प्रभावित रौतहटका ४० गरिब तथा विपन्न समुदायका परिवारलाई शनिवार कम्बल वितरण गरिएको छ ।
अमेरिका मधेशी समाज संस्थाको आर्थिक सहयोग र रौतहट जिल्लाको परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया टोलमा रहेकोे श्री झरिमाई नर्सिङ्ग युवा क्लब संस्थाको अगुवाइमा गरिब असहाय वर्गका व्यक्तिहरूलाई कम्बल वितरण गरिएको हो ।
केही दिन यता बढेको चिसोले गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा कम्बल वितरण गरेपछि उनीहरुले राहतको महसुस गरेका छन् ।
कार्यक्रममा परोहा नगरपालिका वडा नं ८ का अध्यक्ष खेदु मुखिया, स्थानीय अगुवा बलिरा गिरी, रामसेवक प्र. जयसवाल, चन्द्रीका राउत पटेल लगायत स्थानीयबासीहरूको उपस्थिति रहेको थियो । आउने दिनमा अझ यस्तो गरिब, असहाय, मजदुर र विपन्न समुदायमा अमेरिका मधेशी समाज सहयोग गर्न सधैं अगाडि रहने संस्थाका अध्यक्ष भुषन यादवले बताए ।