साजिर मन्सूर
कलैया,पौष ६

बोलबम कावर संघ कलैया द्वारा ५० औ बार्षिक उत्सवको अवसरमा समाजका अग्रज समाजसेवीको सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बारा सदरमुकाम कलैया स्थित सिदेस्वर मन्दिर प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा समाजका लागि निरन्तर सेवामा लागेका समाज सेवि हरुलाई सम्मान गरेको संघले जनाएको छ । संघले आफ्नो स्थापना काल देखि नै विभिन्न खालका समाज परिवर्तनका निम्ति कार्य गर्दै आईरहेको छ । संघले विभिन्न स्थानमा रहेका मठ मन्दिरमा सरसफाइ एवम बृछारोपण गरेको संघ चालक निरज नेपालिले बताएका छन । अध्यात्मिक बिकासका लागि कलैया उपमहानगरपालिकाले समेत आवस्यक सहयोग गर्ने कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बताएका छन ।
सोही अवसरमा समानित हुँदै संघका सन्स्थापक सदस्य एवम सल्लाहकार काशिनाथ प्रसाद कलवार(बैध जि)र उनकी धर्मपत्नी सावित्री देबिले सन्युक्त रुपमा नगद २ लाख २५ हजारको अछय कोष स्थापना गर्न संघलाई चेक हस्तान्तरण गरेका छन । सो अवसरमा संघका लागि विभिन्न समयमा योगदान दिएका २५ जनालाई कदरपत्र सहित सम्मान गरिएको छ।
सो अवसर संघका सन्स्थापक अध्यक्ष स्वर्गीय कपिल कुमार श्रेष्ठ,स्वर्गीय सिताराम नेपाली,स्वर्गीय सर्जुग साह, स्वर्गीय जियालाल र स्वर्गीय प्रल्हाद कुश्वाहा लाई सम्मान गर्दै माल्यार्पण र निजका पत्निहरुको सम्मान गरिएको संघका संरक्षक सरोज साह ले जनाएका छन ।
संघ अध्यक्ष कर्दम श्रेष्ठको अध्यक्षता एवम सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,बारा उधोग बाणिज्य संघका पुर्व अध्यक्ष गजानन्द अग्रवाल,राजदेबी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष दिब्यनाथ श्रेष्ठ,ओम शान्ती कलैयाको सन्चालिका मिना दिदी,गोपाल सेवा समितिका अध्यक्ष एवम संघ का सल्लाहकार जङ्गबहादुर यादब,) सहित संघका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो । संघ चालक निरज नेपालीले स्वागत गरेको कार्यक्रमको सन्चालन सन्चारकर्मी अजय साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर