साजिर मसूर
कलैया,पौष १२

गरिबका लागि बिमा गर्न स्थानिय तहले आवश्यक बजेट छुट्याउनुपर्ने बिमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले जोड दिएका छन ।अध्यक्ष सिलवालले छणिक हैन दिर्घकालिन समस्या समाधानका लागि स्थानिय सरकारले सबैको हितका लागि केही बजेट छुट्याउनु पर्नेमा जोड दिए ।
अध्यक्ष सिलवालले बिमा समिति भनेको बिमा छेत्रको नियमनकारी निकाय भएको भन्दै समितिले सबै जनताको लागि बिमाको अनिवार्यता बुझाउदै पालिका पालिका सम्म पुगेर स्थानिय सरकारहरुलाई सचेतना फैलाईरहेको बताए । कलैया उपमहानगरपालिकाको सभा हलमा भएको कार्यक्रममा बोल्दै बिमा समितिको कार्यकारी निर्देशक राजु रमण पौडेलले बिमाको महत्व बुझाउन,जनजनको जोखिम बहन गराउन सबैले बिमा गर्नुपर्ने बताए । पौडेलले त्यसैले बाध्यात्मक रुपमै अवस्थामा बिमा गराईदिनु पर्नेमा जोड दिए । कार्यक्रममा सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले आफुले चाडै नगरबासिको बिमा गर्नुपर्ने बिषयमा आवस्यक छलफल थाल्ने र यो बिषयमा आवस्यक कदम चाल्ने बताए । यादबले कृषिप्रधान र किशानको पकेट छेत्र भएको कलैयाका किसानका लागि समेत कृषि जन्य उत्पादनको बिमा गराउने बिषयलाई गम्भिरता साथ लिने बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर